बिहीबार, चैत १५, २०८०
15:12 | २०:५७

आयरल्याण्डमा विदेशी यात्रुका लागि नयाँ नियम

रासस/सिन्ह्वा अक्टोबर २०, २०२१

दुबई, ३ कात्तिक– आयरल्याण्डमा विदेशी यात्रुका लागि सरकारले नयाँ नियमहरू घोषणा गरेको छ ।

गत मंगलबार घोषणा गरिएको नयाँ नियमहरू आगामी शुक्रबारदेखि लागू हुने अधिकारीहरूले जानकारी दिएका छन् ।

नयाँ नियमअनुसार हरेक आगन्तुकले आफूलाई कोरोनाभाइरसको सङ्क्रमण नभएको प्रमाण पेस गर्नुपर्नेछ । त्यसका लागि पूर्ण खोप नलगाएकाहरूले पीसीआरको रिपोर्ट देखाउनुपर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएको भए पनि कम्तीमा छ महिनाभन्दा अगाडि नै भएको हुनुपर्ने र १२ वर्षभन्दा कम उमेरका हुनुपर्ने व्यवस्था पनि नयाँ नियममा उल्लेख गरिएको छ ।

सरकारले तोकेका सर्तहरू पालना भएको वा नभएको बारेमा विमान सेवा प्रदायकहरूले जाँच गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।

त्यसैगरी होटल क्वारेन्टाइनमा बस्नुपर्ने सर्त पनि आयरल्याण्ड सरकारले विदेशी यात्रुका लागि राखेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू