शुक्रबार, चैत १६, २०८०
07:58 | १३:४३

अन्तरराष्ट्रिय धादिङ समाजको नेतृत्व बेलायतका युवा अभियन्ता खकुराललाई

नेपाली लिङ्क अक्टोबर १४, २०२१

लन्डन । बेलायतस्थित युवा सामाजिक अभियन्ता एवम् व्यवसायी राजन खकुराल अन्तरराष्ट्रिय धादिङ समाजको अध्यक्षमा निर्वाचित भएका छन् ।

गत आइतबार सम्पन्न समाजको महाधिवेशनले खकुरालको अध्यक्षतामा सर्वसम्मतिमा नयाँ कार्य समिति चयन गरेको हो ।  

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दिनेश तामाङ (नेपाल), प्रथम उपाध्यक्षमा काशी दनै (बेल्जियम), द्धितीय उपाध्यक्षमा सबिन थपलिया (अस्ट्रेलिया), महासचिव राजेन्द्र श्रेष्ठ (जापान), सचिवमा राजेन्द्र थपलिया (दक्षिण कोरिया), सचिवमा बाबुकाजी भण्डारी(जापान), कोषाध्यक्षमा भगवती उप्रेती (नेपाल) र सह कोषाध्यक्षमा रामकुमार थापा (नेपाल) निर्वाचित भएका छन्।

यसैगरी सदस्यहरुमा निरु त्रिपाठी (अस्ट्रेलिया), शरद शर्मा दाहाल (अस्ट्रेलिया), दिपेश सिंखडा (अस्ट्रेलिया), रामबाबु दनै (जापान), राजेश्वर बस्नेत (जापान), सुजता दुवाडी (जापान),  महिन्दो वाईवा (बेल्जियम), विशमाल तिवारी (बेल्जियम), मान बहादुर श्रेष्ठ (भारत), भिशेष लोहनी (फिनल्याण्ड) र प्रमिला धमला बन्जरा (संयुक्त राज्य अमेरिका) निर्वाचित भए ।  

निर्वाचन समितिका संयोजक लोक प्रसाद दाहाल (बेल्जियम) थिए भने सह-संयोजक भुवन गुरुङ (नेपाल), सदस्य सचिव  पुन्य रेग्मी (बेलायत), सदस्य प्रकाश धमला (साउथ कोरिया), सदस्य राज कुमार अधिकारी (जापान) एवम् मुख्य सल्लाहकारहरु किरण अधिकारी (अस्ट्रेलिया) र कृष्ण तिमल्सेना (बेलायत) थिए।

यसैगरी विधान संसोधन समितिमा संयोजक रामशरण सिम्खडा (बेलायत) थिए भने सदस्यमा सचिव डा प्रताप छत्कुली (नेपाल), सदस्य बालकृष्ण श्रेष्ठ (फिनल्याण्ड) तथा  सल्लाहकार दिवाकर पाण्डे (अमेरिका) थिए।  

संस्थाको नेतृत्व सम्हाल्दै गरेका नवनिर्वाचित अध्यक्ष खकुराल यसघि प्रवक्ताको भूमिकामा थिए। उनले कोभिडको सुरुवाती समय देखिनै जिल्लामा विभिन्न महत्वपूर्ण सहयोग गर्दै आएका छन् । निर्वाचित भएपछि नयाँ कार्यसमितिका तर्फबाट प्रतिवद्धता जनाउंदै अध्यक्ष खकुरालले संस्थालाई थप उचाइमा पुर्‍याउने गरी काम गर्ने अठोट व्यक्त गरेका थिए ।

निवर्तमान अध्यक्ष नानुकाजी अर्यालको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा संघीय सांसद खेम प्रसाद लोहनीको प्रमुख आतिथ्य थियो । अधिवेशनमा प्रदेश सांसद जगत सिंखडा, नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगाना, एनआरएनए अध्यक्ष कुमार पन्त, एनआरएनए आईसीसी सहकोषाध्यक्ष लोक प्रसाद दाहाल, एनआरएनए सल्लाहकार कुल आचार्य, धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आर्चाय, जिल्ला समन्वय समितिका उपप्रमुख बिन्दा बरामु लगायतको विशेष आतिथ्य थियो । 

यसैगरी धादिङका १३ वटै स्थानीय तहका प्रमुखहरु, नेपाल पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष राजाराम शर्मा, स्वास्थ्य कार्यालय धादिङका प्रमुख भुवन पौडेल, जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवन झा लगायत सरोकारवाला निकायका प्रतिनिधि पनि कार्यक्रममा सहभागी थिए ।

अन्तराष्ट्रिय धादिङ समाज धादिङबाट विभिन्न पेशा तथा व्यवसायको लागि विश्वभर छरिएर रहेका नेपालीहरुको साँझ संगठन हो । समाजले स्थापनाका शुरुवाती समयदेखि नै जिल्लाका विभिन्न स्थानमा  थुप्रै परोपकारी काम गरिसकेको छ । विशेष गरी समाजले विपतको समयमा वा अन्य प्राकृतिक प्रकोपको बेलामा मातृभूमिमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू