शुक्रबार, चैत १६, २०८०
15:17 | २१:०२

मध्यपूर्व प्रतिनिधिसँग एनआरएनए उम्मेदवारले अन्तरक्रिया गर्ने

नेपाली लिङ्क सेप्टेम्बर २८, २०२१

गैरआवासीय नेपाली संघको आगामी निर्वाचनमा अध्यक्षका प्रत्यासी डा बद्री केसीले मध्यपूर्व क्षेत्रका महाधिवेशन प्रतिनिधिहरुसंग शुक्रवार अन्तरक्रिया (Meet and Greet Delegates) गर्ने भएका छन् ।

गैरआवासीय नेपाली संघको महिला उपाध्यक्षकी प्रत्यासी यसमिन बेगम सैयदका अनुसार केसीले आफ्नो अजेन्डासंग सहमत केही उम्मेदवारसहित आगामी शुक्रवार (१ अक्टोवर) का दिन ती प्रतिनिधिहरुसंग छलफल गर्न लागेका हुन् ।

नेपाली साँझ ६ बजे देखि शुरु हुने कार्यक्रममा प्रतिनिधिहरु, राष्ट्रिय समितिका अध्यक्षहरुसंग अन्तरक्रिया तथा सुझाव संकलन गर्ने तयारी गरिएको छ ।

कार्यक्रमलाई उपाध्यक्षका उम्मेदवारहरु डा हेमराज शर्मा, महेश श्रेष्ठ, डिबी क्षेत्री, धर्मराज अधिकारी, यासमिन बेगम सैयद, महासचिव पदका उम्मेदवार गौरीराज जोशी, कोषाध्यक्ष पदका उम्मेदवार लोक प्रसाद दाहाल, सचिव पदकी उम्मेदवार टिका गुरुङ लगायतले सम्वोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

मध्यपूर्वमा संघका ६ वटा राष्ट्रिय समिति सकृय छन् । यसअघि डा. केसीले मंगलवार एशिया क्षेत्रीय प्रतिनिधिहरुसंग छलफल गरेका थिए ।

करिब ३ सय ५० जना सहभागी कार्यक्रममा बिभिन्न देशका राष्ट्रिय समितिका अध्यक्ष तथा प्रतिनिधिहरुले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा संघको नेतृत्वका लागि बिभिन्न पदमा रहेका उम्मेदवारहरुले आ-आफ्नो अजेण्डा प्रस्तुत गरेका थिए ।

यसैबीच अध्यक्षका प्रत्यासी डा केसीको सचिवालयले दिएको जानकारी अनुसार केसीले आगामी हप्ता देखि विभिन्न देशमा रहेका प्रतिनिधिसंग प्रत्यक्ष अन्तरक्रिया गर्ने भएका छन् ।

गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन अक्टोवर २३ देखि २५ सम्म काठमाण्डौंमा हुदैछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू