शनिबार, वैशाख १५, २०८१
03:06 | ०७:५१

जीवाको ‘देश देशावर’ लाई ‘वेष्ट सेलर बुक अवार्ड’

नेपाली लिङ्क सेप्टेम्बर २७, २०२१

लन्डन–किताब यात्रा फाउन्डेसनले २०७८ सालको ‘वेष्ट सेलर बुक अवार्ड’ नियात्राकार जीवा लामिछानेको सृजना ‘देश देशावर’ लाई प्रदान गरेको छ ।

सन् २०१७ मा स्थापित भएको किताब यात्रा नेपालको सबैभन्दा ठूलो अन लाइन बुक स्टोरको रुपमा परिचित छ । अनलाइनमार्फत किताब विक्री वितरण गर्दै आइरहेको ‘किताब यात्रा डटकम’ ले आफ्नो अनलाइनमार्फत सर्वाधिक विक्री भएको पुस्तकलाई अवार्ड प्रदान गर्दै आएको छ ।

आफ्नो कृतिले अवार्ड पाउँदा थप हौसला, प्रेरणा र उर्जा मिलेको लेखक लामिछाने बताउंछन् । उनले किताब यात्रा डटकम परिवारलाई धन्यबाद पनि दिए ।

अक्षरको माध्यमबाट यस पुस्तकले संसारको अनुभूति गराउने मात्र होइन्, सम्बन्धित ठाउँको यात्रा, भूगोल, राजनीति, इतिहास र वर्तमान परिवेशलाई समेत समेटेकाले पुस्तक पाठकको मन जित्न सफल भएको हो ।

अध्ययन, भ्रमण र लेखनमा बढी रुचि राख्ने लामिछानेले दुई नियात्रा संग्रह सृजना गरिसकेका छन् । लामिछानेले यसअघि बिक्रम संवत् २०७३ मा ‘सरसर्ती संसार’ नामक पुस्तक सार्वजनिक गरेका थिए जुन नियात्रा संग्रह पनि निकै लोकप्रिय रह्यो ।

चितवन पदमपुरमा जन्मिएर मस्कोबाट इन्जिनियरिङ गरेका लामिछानेले अहिले जर्मनीलाई कर्मथलो बनाउंदै आएका छन् । उनी एक सफल व्यवसायीका साथै गैरआवासीय नेपाली संघका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष समेत हुन् । उनमा रहेको साहित्यसंगै समाजसेवाप्रतिको लगाव र योगदान निकै सह्रानीय छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू