शुक्रबार, चैत १६, २०८०
21:35 | ०३:२०

विश्वबाट आणविक हतियार उन्मूलन हुनुपर्छ: राष्ट्रसंघीय महासचिव

रासस -सिन्ह्वा सेप्टेम्बर २७, २०२१

संयुक्त राष्ट्रसंघ–संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले आणविक हतियाररहित विश्व निर्माण गर्न विश्व समुदायलाई आग्रह गरेका छन् । उनले विश्व आणविक हतियारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सो कुरा बताएका हुन् ।

उनले आणविक हतियारहरु विश्वबाट नै अनिवार्य रुपमा उन्मूलन हुनुपर्नेमा जोड दिए । महामसचिव गुटर्रेसले भनेका छन् ‘यो हतियार मानवताविरुद्ध र घातक भएकाले विश्वबाट नै आणविक हतियारहरु उन्मूलन हुनुपर्छ ।’

तर आणविक हतियारहरु विश्वमा अहिले पनि एक चुनौतीका रुपमा रहेको उनले बताए ।

उनले गएको एक दशक यता विश्वबाट नै आणविक हतियारहरु घट्दो रुपमा रहेको पाइएपनि यसको संख्या अझै पनि विश्वमा कम्तीमा १४ हजार जति रहेको बताए । यो पनि अहिलेको विश्वका लागि घातक नै रहेको उनको धारणा छ । त्यसैले यी सबै हतियार विश्वबाट नै उन्मूलन गर्नेगरी काम गर्नुपर्ने चुनौती संयुक्त राष्ट्रसंघसमक्ष रहेको उनले बताए । उनले संयुक्त राष्ट्रसंघले यसको स्थापनादेखि नै यस्ता हतियार उन्मूलन गर्ने कार्यक्रममा काम गरिरहेको पनि स्पष्ट पारे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू