शुक्रबार, वैशाख १४, २०८१
21:32 | ०२:१७

एनआरएनए पोर्चुगल अध्यक्षसहितका पदाधिकारीमाथि हातपात

नेपाली लिङ्क सेप्टेम्बर २६, २०२१

लन्डन । एनआरएनए पोर्चुगलले आफ्ना अध्यक्षसहितका पदाधिकारीमाथि हातपात र आक्रमण भएको आरोप लगाएको छ ।  

संस्थाको हालै सम्पन्न निर्वाचनमा पराजित अध्यक्ष उम्मेद्वार सोम शेर्पाको समूहले शनिबार अध्यक्ष राजन अधिकारीसहितका पदाधिकारीमाथि भौतिक आक्रमण गरेको दाबी गरिएको छ ।

अध्यक्ष अधिकारी, महिला उपाध्यक्ष दीपा काफ्ले, सचिव रवि अर्याल, लेखा संयोजक विशाल आचार्य, युवा संयोजक प्रकाश अधिकारी, कोषाध्यक्ष युवराज खनाललगायत कार्यसमितिका पदाधिकारीमाथि आक्रमण भएको जनाइएको छ ।  

एनआरएनए पोर्चुगलका तर्फबाट जारी वक्तव्यमा घटनाको कडा भर्त्सना गरिएको छ ।  

पराजित उम्मेद्वार शेर्पाको समूहले छलफल गर्न भन्दै बोलाएर निर्वाचित समितिका पदाधिकारीमाथि हातपात गरेको आरोप लगाइएको छ ।  

‘छलफलका लागि निज शेर्पाले बोलाएको स्थान लिस्बनको अल्मेदा पार्कमा जानु भएको बेला निज सोम शेर्पा र उनका साथमा आएका मानिसहरुले योजनाबद्ध रूपमा गुण्डागर्दीको नियतले छलफल सुरु हुनासाथ अध्यक्ष रविन अधिकारी र अन्य साथीहरूमाथि हातपात गर्दै भौतिक रूपमा आक्रमण र गुण्डागर्दी गरिएको अपराधजन्य काम र क्रियाकलापको एनआरएनए पोर्चुगल घोर भत्सर्ना गर्दछ’ वक्तव्यमा उल्लेख छ ।  

‘युरोप जस्तो सभ्य ठाउँमा बसेर एनआरएनए जस्तो नेपालीहरुको साझा र नेतृत्वदायी संस्थाका पदाधिकारी र साथीहरु माथि भौतिक आक्रमण र गुण्डागर्दीको अपराधजन्य योजना बनाएर नित्कृष्ट काम गर्नु अत्यन्त खेदजनक, निन्दनीय र जति भत्सर्ना गरे पनि कम हुने कुरा हो’, वक्तव्यमा भनिएको छ, ‘एनआरएनए पोर्चुगल यस्ता क्रियाकलापको भण्डाफोर गर्दै गुण्डागर्दीको हर्कत गर्ने तत्वहरुलाई पोर्चुगल र युरोपको कानुन बमोजिम कानुनी कारवाहीको प्रक्रिया अघि बढाउने कुरा सुचित गर्न चाहन्छ ।’ 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू