सोमबार, जेठ ७, २०८१
21:07 | ०१:५२

बेलायतमा लरी चालक अभावले इन्धन संकट

नेपाली लिङ्क सेप्टेम्बर २५, २०२१

लण्डन । बेलायतमा लरी चालक अभावले इन्धन र खाद्यान्न संकट चुलिएको छ ।

लरी चालक अभावले इन्धन आपूर्तिमा अवरोध उत्पन्न भएको छ भने जताततै पेट्रोल स्टेशनहरुमा गाडीको ‘क्यू’ देखिन्छ ।

लण्डनमा कार सिकाउने (इन्सट्रक्टर) रबि थापाले इन्धन हाल्न  नपाएर आफ्नो ‘लेसन’ नै रद्ध गर्नुपरेको बताए । ‘झन्डै १५ वटा पेट्रोल स्टेशन पुग्दा पनि तेल हाल्न पाइएन’- उनले भने, ‘यसले ठुलो संकट ल्याउने देखेको छु ।’

त्यसो त सुमन शर्माले तेल अभावकै कारण गाडी थन्क्याउनु परेको बताए ।

इसो र बिपीले आफ्ना केही साइटहरुमा इन्धन अभाव भएको जनाएका छन् ।

बेलायती व्यापार मन्त्री ग्रेग ह्यम्ड्सले एक प्रतिशत भन्दा कम पेट्रोल स्टेशन बन्द भएका र पेट्रोल सहजै उपलब्ध हुने बताएका छन्। सरकारले जनतालाई इन्धन खरिदका लागि नआत्तिन आग्रह गरेको छ ।

यो अभाव समाधानका लागि सरकारले विदेशी लरी चालक आउन सहज हुने गरी अस्थायी भिजा इस्किम ल्याउने तयारी गरेको बीबीसीले जनाएको छ ।

अहिले ५ हजार अस्थायी भिजा जारी गर्ने तयारी छ र बेलायत प्रवेश गर्न यस्तो स्किम सिमित समयका लागि हुने बताइएको छ ।

दि रोड हलेज एसोसिएसनले बेलायतमा एक लाख लरी चालक अपुग भएको अनुमान गरेको छ ।

कोरोना महामारीले चालक अनुमति पत्रका लागि परिक्षा रोकिनु अनि ब्रेक्जिटका कारण यूरोपेली मुलुकका कामदार स्वदेश फर्कनु चालक अभावको मुख्य कारक मानिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू