शनिबार, वैशाख ८, २०८१
04:29 | ०९:१४

अष्ट्रेलियाको मेलबर्नमा लकडाउन हटाइँदै

रासस/एएफपी सेप्टेम्बर १९, २०२१

मेलबर्न, ३ असोज–सरकारी लक्ष्यअनुसारको खोप कार्यक्रम अन्तर्गतको रोडम्याप पूरा भएमा अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा अक्टोबर अन्त्यमा कोरोना भाइरसका कारण भएको लकडाउन अन्त्य हुने भएको छ ।

मेलबर्न शहरमा करिब ५० लाख मानिस गत अगस्ट ५ देखि घरमै बस्न आदेश दिइएको थियो । कोरोना महामारीको क्रममा मेलबर्न शहरमा यो छैठौँ पटकको लकडाउन हो ।

मेलबर्न पनि सामेल रहेको भिक्टोरिया राज्यका अधिकारी लकडाउन हटाइने घोषणा गरेका जनाइएको छ ।

‘लकडाउन समाप्त हुनेछ अत्यावश्क कामका लागी तपाइँको घर छोड्न पाउने र कर्फ्यू अब रहने छैन्, केही प्रतिबन्ध भने बाँकी रहने छ’- मेलबर्नका एक स्वास्थ्य अधिकारीले बताएका छन् ।

लकडाउन समाप्त हुने र सीमित कारणका लागि घर छोड्नुपर्ने र कर्फ्यूको अवस्था अब नरहने पनि ती अधिकारीले जनाए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू