शुक्रबार, वैशाख १४, २०८१
10:57 | १५:४२

अमेरिका, बेलायत र अस्ट्रेलियाबीचको परमाणु सम्झौताप्रति फ्रान्सको आपत्ति

रासस/एएनआई सेप्टेम्बर १८, २०२१

पेरिस, २ असोज– अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको परमाणु पनडुब्बी सम्झौताको फ्रान्सले आलोचना गरेको छ । आफ्नो देशसँग भएको सम्झौतालाई तोडेर तीन देशले नयाँ सम्झौता गरेकोमा आपत्ति जनाउँदै फ्रान्सले अस्ट्रेलिया र अमेरिकामा रहेका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

यसअघि परमाणु पनडुब्बी निर्माणको लागि फ्रान्सले अस्ट्रेलियासँग सम्झौता गरेको थियो ।

गत बुधवार अस्ट्रेलियाले फ्रान्ससँगको सम्झौता तोडेर अमेरिका र बेलायतसँग नयाँ सम्झौता गरेपछि तीन देशबीच भएको सम्झौताले आफ्नो देशको अपमान भएको र अर्बौं डलरको सम्झौता तोडिएको भन्दै अस्ट्रेलिया र अमेरिकाका राजदूत फिर्ता बोलाइएको फ्रान्सका विदेशमन्त्री जिन इभसले द्रियानले बताएका छन् ।

तीन देशबीचको यो सम्झौतालाई फ्रान्सले अस्वीकार गर्दै युरोपमा रहेको इन्डो प्यासिफिक क्षेत्रको महत्वलाई कमजोर पार्ने षड्यन्त्रका रुपमा लिएको प्रतिक्रिया दिएको छ ।

राजदूत फिर्ता बोलाउने फ्रान्सको निर्णयलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेनले दुःख ब्यक्त गर्दै फ्रान्सको यो कदमले मतभेद झनै बढाउने बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू