शुक्रबार, वैशाख ७, २०८१
10:35 | १५:२०

फिलिपिन्सद्वारा कोरोना सम्बन्धि प्रतिबन्ध खुकुलो बनाउने घोषणा   

रासस-एएफपी सेप्टेम्बर १४, २०२१

मनिला–फिलिपिन्सले कोरोना भाइरसको उच्च संक्रमणका बावजुद राजधानी मनिलामा जारी विभिन्न प्रतिबन्ध सहज बनाउने भएको छ । यहाँका अधिकारीहरूले मंगलबार दिएको जानकारी अनुसार आर्थिक गतिविधिलाई तीव्रता दिन यस किसिमको निर्णय गर्न लागिएको हो ।

उक्त निर्णयअनुसार भीडभाड कम हुने गरी राजधानी क्षेत्रमा रेस्टुँरा, चर्च, सौन्दर्य र शृङ्गारका पसलहरू बिहीबारदेखि पुनः सञ्चालनमा आउनेछन् ।

यस निर्णयबारे जानकारी दिदै स्थानीय अधिकारीहरूले स्वास्थ्य संवेदनशीलतालाई पूर्णरूपले ख्याल गर्दै आर्थिक गतिविधिलाई तीव्रता दिन र रोजगारीको व्यस्थापनका निम्ति यस किसिमको निर्णय लिइएको बताएका छन् ।

यहां भाइरस संक्रमणको दर भने वृद्धि भइरहेको छ । गतहप्ता मात्र १४०,००० जनामा संक्रमण पुष्टि भएको थियो। राजधानी मनिलालाई अत्यन्त सावधानी अपनाउनुपर्ने स्थानमा राखिएको छ जसले गर्दा यहाँका व्यापारीहरू कुन कुन व्यवसाय कुन कुन मापदण्ड अपनाएर सञ्चालन गर्न सकिन्छ भनेर अन्योलमा परेका छन् ।

पूरै डोज खोप लिएका कामदार र सेवाग्राहीहरुले १० प्रतिशतको क्षमतामा रेष्टुँरा र सौन्दर्यका पसलहरूमा आन्तरिक सेवा सञ्चालनमा ल्याइने छन् भने ३० प्रतिशत क्षमतामा बाह्य सेवाहरू पनि सञ्चालमा ल्याइनेछन् ।

व्यापार सचिव रामन लोपेजका अनुसार कोभिड महामारीपछि यहाँका खाना र मनोरञ्जन क्षेत्रहरूमा २० लाख भन्दा बढी कामदार बेरोजगार बनेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू