मंगलबार, मंसिर २१, २०७८
08:55 | १४:४०

भारतमा संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या बढी    

  रासस-एएनआई अगस्ट ११, २०२१

तस्बिर एएफपी

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट एकैदिन थप ३८ हजार ३५३ जना सङ्क्रमित भएका स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार अहिले भारतमा सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ८६ हजार ३५१ छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार सक्रिय सङ्क्रमितको यो संख्या १४० दिनयताकै सबभन्दा कम हो । थपिएका सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या बढी भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घटेको हो ।

पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या ४० हजार १३ छ । योसँगै भारतमा अहिलेसम्म तीन करोड १२ लाख २० हजार ९८१ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । कूल सङ्क्रमितमध्ये अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या ९७.४५ प्रतिशत हो ।

भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या तीन करोड २० लाख ३६ हजार ५११ पुगेको सरकारी अधिकारीले बुधबार जानकारी दिएका छन् ।

भारतमा कोरोना भाइरसका कारण पछिल्लो एक दिनमा ४९७ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कूल मृतकको सङ्ख्या चार लाख २९ हजार १७९ पुगेको छ ।

भारतमा कोरोना शुरु भएबाट हालसम्म ४८ करोड ५० लाख ५६ हजार ५०७ व्यक्तिको कोरोना भाइरस परिक्षण भएको छ । हिजो मङ्गलबार एकै दिनमा १७ लाख ७७ हजार ९६२ व्यक्तिको कोरोना भाइरस परीक्षण भएको थियो ।

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप शुरु भएको थियो । सो समयदेखि हालसम्म कोरोना भाइरसविरुद्धको ५१ करोड ९० लाख डोज खोप लगाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू