शुक्रबार, वैशाख ७, २०८१
09:07 | १३:५२

भारतमा रोकिएन संक्रमण, निको हुनेभन्दा संक्रमित धेरै

रासस-एएनआई अगस्ट ६, २०२१

तस्बिर सिन्हवा

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसका नयाँ ४४ हजार ६४३ जना संक्रमित थपिएका छन् ।

सरकारी अधिकारीले दिएको जानकारीअनुसार थपिएका संक्रमितसँगै भारतमा अहिले संक्रमित अवस्थामै रहेको संख्या चार लाख १४ हजार १५९ पुगेको छ । यो संक्रमित कूल संक्रमितको १.३० प्रतिशत रहेको जनाइएको छ । 

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४१ हजार ९६ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त  भएका छन् । एउटै समयमा कोरोनाभाइरसबाट संक्रमणमुक्त भएको संख्याभन्दा थप संक्रमितको संख्या धेरै भएकाले अहिले संक्रमित अवस्थामै रहेकाको संख्या वृद्धि भएको छ । 

भारतमा अहिले संक्रमणमुक्त भएको कूल संख्या तीन करोड १० लाख १५ हजार ८४४ पुगेको मन्त्रालयले जनाएको छ । कूलसंक्रमितमध्ये अहिलेसम्म संक्रमणमुक्त भएको कूल संख्या ९७.३६ प्रतिशत पुगेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

भारतमा कोरोनाभाइरसबाट संक्रमित भएर अहिलेसम्म चार लाख २६ हजार ७५४ को मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । तीमध्ये ४६४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । 

अधिकारीहरुका अनुसार भारतमा अहिलेसम्म ४९ करोड ५३ लाख २७ हजार ५९५ भन्दा बढीलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ ।    

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू