शुक्रबार, वैशाख १४, २०८१
00:30 | ०५:१५

माल्दिभ्समा अगस्टसम्म ९० प्रतिशतलाई खोप दिइने

रासस-सिन्ह्वा अगस्ट ४, २०२१

माले–माल्दिभ्सका राष्ट्रपति इब्राहिम सोलिहले जतिसक्दो चाँडो सबै नागरिकलाई खोप लगाइसक्न सम्बन्धित मन्त्रीलाई निर्देशन दिएका छन् ।

कोरोनाभाइरस महामारीका कारण थप मानवीय क्षति हुन नदिनका लागि खोप लगाउने अभियानलाई तीव्रता दिन राष्ट्रपतिले आग्रह गरेका हुन् ।

राष्ट्रपति सोलिहले सरकारी निकायका सबैलाई उच्च प्राथमिकताका साथ कोरोनाभाइरसविरुद्धको खोप लगाउने व्यवस्था गर्न पनि निर्देशन दिए ।

राष्ट्रपति कार्यालयद्वारा सोमबार जारी निर्देशनमा सरकारी सबै कर्मचारीलाई यही अगस्ट १५ सम्मका कम्तीमा एउटा खोप लगाइसक्न आग्रह गरिएको छ ।

जनस्वास्थ्य महानिर्देशक मैमुना अबुबाकुरले पनि खोप अभियानमा सहयोग गर्न सरकारी संस्था तथा निकाय, कम्पनीलगायतलाई अनुरोध गरेका छन् ।

माल्दिभ्समा कोरोनाभाइसविरुद्धको खोप लगाउने अभियान गत फेब्रुअरीदेखि नै सुरु भए पनि पूरा हुन सकेको छैन् ।

यही अगष्ट अन्त्यसम्म खोप लगाउन योग्य कम्तीमा पनि ९० प्रतिशतलाई खोप लगाइसक्ने उद्देश्य राखिएको अधिकारीहरुले बताएका छन् । अहिलेसम्म खोप लगाउन योग्य ७० प्रतिशतले भने खोप लगाइसकेका छन् ।

देशभरिका तीन लाख २५ हजार ६० जनाले पहिलो मात्रै खोप लगाएका छन् भने दुई लाख ७४ हजार ९४९ जनाले दुवै खोप लगाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू