बुधबार, वैशाख १२, २०८१
08:18 | १३:०३

२४ रुसी कूटनीतिज्ञलाई देश छोड्न अमेरिकी आदेश

रासस-सिन्ह्वा अगस्ट ३, २०२१

वासिङ्टन–अमेरिकी सरकारले २४ रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ ।

उनीहरुको प्रवेशाज्ञा सेप्टेम्बर ३ सम्ममा सकिने भएकाले उनीहरुलाई सो समयसम्म अमेरिका छोडिसक्न भनिएको हो ।

अमेरिकामा रहेको रुसी दूतावासले सो कुराको जानकारी दिएको छ । अमेरिकाका लागि रुसी राजदूत एन्टोली एन्टोनोभले भनेका छन्, ‘हामीलाई आगामी सेप्टम्बर ३ तारिख अगावै अमेरिका छोड्नु भनेर अमेरिकाले २४ जनाको सूची पठाएको छ ।’

ती रुसी कूटनीतिज्ञले निर्धारित समयमै अमेरिका छोड्ने जानकारी राजदूत एन्टोलीले दिएका छन् ।

उनले हाल अमेरिकाले प्रवेशाज्ञामा निकै कडाइ गरेकाले ती २४ जनाको स्थानमा तत्कालै अरु कूटनीतिज्ञ अमेरिका नआउने जानकारी पनि दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू