मंगलबार, असोज ५, २०७८
15:41 | २०:२६

मलामी गएका ८ जनाको हत्या

रासस/सिन्ह्वा जुलाइ ३१, २०२१

बग्दाद, १६ साउन–इराक राजधानी बगदादबाट उत्तरी क्षेत्रमा अतिवादी आइएसले मलामी गएका व्यक्तिमाथि बम आक्रममण गरेका छन् ।

इराकको उत्तरी क्षेत्र यात्रिब नगरको एक गाउँमा शुक्रबार राति उनीहरुले सो आक्रमण गरेका थिए । त्यस क्रममा आइएसले कम्तीमा आठ जनाको हत्या गरेको बताइएको छ ।

सो आक्रमणमा परेर अरु १० जना नराम्ररी घाइते भएका छन् । बम लागेर घाइते भएका उनीहरुलाई नजिकैको अस्पताल पु¥याइएको छ ।

उक्त नगरको अल्बु जिल्ली भन्ने स्थानमा आइएसले यसअघि पनि आक्रमण गरी कैयौँ गाउँलेको ज्यान लिएका थिए ।

उक्त गाउँको एक सुरक्षा जाँच चौकीमा पनि उनीहरुले हमला गर्दा केही व्यक्ति घाइते भएको बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू