दक्षिण कोरियामा चौथो वेभ, अहिलेसम्मकै बढी संक्रमित


सोल–कोरोना भाइरस (कोभिड–१९) को चौथो वेभ आइरहेको भनिएको दक्षिण कोरियामा सङ्क्रमितहरु दिन प्रतिदिन बढेका छन्।
यहाँ सङ्क्रमितहरुको संख्या बढेर हरेक दिन नयाँ रेकर्डमा पुगेको देखिएको छ । यहाँ गएको २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका बताइएको छ ।
यहाँका अधिकारीहरुले मंगलबार १ हजार ८९६ जना कोरोना भाइरसका सङ्क्रमितहरु पाइएको बताएका समाचारमा छ । यो संख्या कोरियामा एकै दिनमा देखिएको अहिलेसम्मकै सबैभन्दा धेरै हो ।
दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टायताको तथ्यांक हेर्दा कोभिड–१९ का सङ्क्रमितहरु एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा भेटिएका छन् ।
दक्षिण कोरियाको राजधानी सोलबाट प्राप्त समाचारअनुसार यहाँ पछिल्लो थपिएका यी संख्यासँगै सङ्क्रमितको संख्या १ लाख ९३ हजारभन्दा बढी पुगेको छ ।
स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टा यतामात्र यतिधेरै सङ्क्रमित थपिएका हुन् ।
दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको छ महिनापछि एकै पटक यतिधेरै संख्याका सङ्क्रमित पहिलो पटक देखिएका हुन् ।
यहाँका अधिकारीहरुले दक्षिण कोरिया कोभिड सङ्क्रमणको चौथो वेभमा प्रवेश गरेको दुई हप्ता अघि नै बताएका थिए । जसका कारण यहाँको सरकारले स्वास्थ्य मापदण्ड अपनाउने काममा कडाई गरेको छ ।
जुलाई १ देखि देशैभर देखिएको सङ्क्रमितको संख्या देशव्यापी तथ्यांकको हिसाब गर्दा अघिल्ला महिनाको तुलनामा हाल सङ्क्रमितहरु कम्तीमा पनि ५८ प्रतिशत बढेका छन् ।
कोरिया सरकारले यहाँ कोरोना विरुद्धको खोप अभियानलाई ब्यापक बनाइएको जनाएको छ ।
पछिल्लो समयमा सङ्क्रमित संख्या बढ्दै गएपछि खोप अभियान झन् तीव्र बनाइएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५