शनिबार, वैशाख ८, २०८१
06:29 | ११:१४

जर्मनीको आधा भन्दा बढी जनसंख्यालाई कोरोना खोपको पूरा डोज

रासस-एएफपी जुलाइ २८, २०२१

बर्लिन–जर्मनीको आधा भन्दा बढी जनसंख्यालाई कोरोना भाइरसविरुद्धको पूरा डोज खोप लगाइएको यहाँको स्वास्थ्य मन्त्री जेन्स स्पानले बताएका छन् । युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीले खोप अभियानलाई प्राथमिकतामा राखेको उनले बताए । 

स्पानका अनुसार ४ करोड १८ लाख जर्मन हाल पूर्णरुपमा सुरक्षित भएका छन् । जर्मनीको कूल जनसंख्या ८ करोड ३० लाख भन्दा बढी छ । जर्मनीको आधा जनसंख्या भनेको ४ करोड १५ लाख भन्दा बढी हो । 

त्यस्तै ६१.१ प्रतिशतले जर्मन नागरिकले कम्तीमा एक डोज खोप प्राप्त गरेको पनि स्पानले बताए । प्रायः सबैले नागरिकले शरद र जाडो मौसमसम्म खोप लिने पनि स्पानले ट्विटरमा लेखेका छन् । 

 जर्मनीमा कोरोना भाइरस शुरु भएदेखि हालसम्म  ३७ लाख ६६ हजार ५०१ व्यक्ति सङ्क्रमित भएका छन् । 

कोरोना सङ्क्रमणका कारण ९१ हजार ५९२ व्यक्तिको मृत्यु भएको यहाँका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू