शनिबार, वैशाख ८, २०८१
16:50 | २१:३५

विश्वभर तीन अर्ब ७५ करोड २६ लाख ७५ हजार बढी खोप वितरण

रासस -एएफपी जुलाइ २३, २०२१

बाल्टिमोर, मेरिल्याण्ड– विश्वभर तीन अर्ब ७५ करोड २६ लाख ७५ हजार ४१९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्यांक अनुसार चीनमा एक अर्व ४७ करोड १६ लाख ५ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ४२ करोड ३४ लाख १७ हजार ३० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

अमेरिकामा ३३ करोड ८७ लाख ३८ हजार १२५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा १२ करोड ३१ लाख ११ हजार ९०० डोज लगाइएको छ ।

जर्मनीमा ८ करोड ७८ लाख ७३ हजार ७२८ डोज, बेलायतमा ८ करोड ३७ लाख २२ हजार ५१४ डोज र जापानमा ७ करोड ३९ लाख ७० हजार ८८८ डोज खोप लगाइएको छ ।

फ्रान्समा ६ करोड ७४ लाख २ हजार ६९० डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । टर्कीमा ६ करोड ४६ लाख २३ हजार ४६३ डोज खोप लगाइएको छ ।

इटालीमा ६ करोड ३८ लाख ७९ हजार ३९१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू