शनिबार, वैशाख १५, २०८१
04:53 | ०९:३८

भारतमा फेरि बढे संक्रमित

रासस-एएनआई जुलाइ २२, २०२१

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्यामा फेरि वृृद्धि भएको छ ।

सरकारी अधिकारीहरुले दिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४१ हजार ३८३ जना संक्रमित थपिएका छन् ।

अघिल्ला केही दिनको तुलनामा यो संख्या बढी भएकाले भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्यामा फेरि वृृद्धि देखिएको हो ।

सोही अवधिमा संक्रमणमुक्त भएकाहरुको संख्या पनि थपिएका संक्रमितको संख्या भन्दा कम रहेकाले समेत सक्रिय संक्रमितको संख्या समेत बढ्दै गइरहेको छ ।

पछिल्लो एक दिनमा भारतमा कोरोनाभाइरसबाट संक्रमणमुक्त भएकाहरुको संख्या ३८ हजार ६५२ रहेको अधिकारीहरुले जानकारी दिएका छन् । योसँगै भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाहरुको कुल संख्या तीन करोड चार लाख २९ हजार ३३९ पुगेको छ ।

भारतमा अहिले पनि कोरोनाभाइरसबाट संक्रमित अवस्थामै रहेकाहरुको संख्या चार लाख नौ हजार ३९४ रहेको अधिकारीहरुले जनाएका छन् । यो संख्या हालसम्म संक्रमित हुनेहरुको १.३१ प्रतिशत मात्रै हो । कोरोना भाइरसका कारण भारतमा अहिलेसम्म मृत्यु भएकाहरुको संख्या चार लाख १८ हजार ९८७ रहेको छ । ती मध्ये ५ सय ७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतीय चिकित्सा अनुसन्धान परिषद्का अनुसार भारतमा अहिलेसम्म ४५ करोड नौ लाख ११ हजार ७१२ स्वाब परीक्षण गरिएको छ । ती मध्ये १७ लाख १८ हजार ४३९ जनाको कोरोना परीक्षण पछिल्लो एक दिनमा गरिएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू