बिहीबार, वैशाख १३, २०८१
16:44 | २१:२९

बलिउड अभिनेत्री शिल्पाका श्रीमान पक्राउ

नेपाली लिङ्क जुलाइ २०, २०२१

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रा पक्राउ परेका छन् । अश्लिल भिडियो निर्माण र प्रसारण गरेको अभियोगमा शिल्पाका पति कुन्द्रालाई भारतीय प्रहरीले सोमबार राति पक्राउ गरेको हो ।

राजको बारेमा आफूहरुसंग पर्याप्त प्रमाण भएको मुम्बई प्रहरीले बताएको छ । राजले भने आफूमाथि लगाएको आरोप अस्वीकार गरेका छन् ।

सन् २०१५ मा पनि राज आरोपित बनेका थिए, जसका कारण केहि समय क्रिकेट गतिविधिमा समेत प्रतिवन्धित बनेका थिए ।

राज कुन्द्राले शिल्पासँग सन् २००९ मा दोस्रो विवाह गरेका थिए । शिल्पाको भने राजसंग पहिलो विवाह हो । राजको पहिलो श्रीमतीको नाम कविता हो जससँग उनकी एक छोरी पनि छिन् ।

शिल्पा र राजको रोमान्सको खबर कविताले थाहा पाएपछि उनले शिल्पालाई ‘होम ब्रेकर’ को आरोप समेत लगाएकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू