मंगलबार, वैशाख ११, २०८१
14:29 | १९:१४

कोरोनाका कारण विश्वमा ४० लाख ८९ हजार बढीको मृत्यु    

रासस-सिन्ह्वा जुलाइ १९, २०२१

बेइजिङ — कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ८९ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ८९ हजार १७५ जनाको मृत्यु भएको छ ।

विश्वभरी कूल सङ्क्रमितको संख्या १९ करोड ४ लाख ४१ हजार ६५४ छ । विश्वभर तीन अर्ब ६३ करोड ६४ लाख ४४ हजार ४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

मृत्यु हुने मुलुकमध्ये अमेरिका अग्रपंक्तिमा छ । अमेरिकामा हालसम्म छ लाख ९ हजार २१ बढीको मृत्यु भएको छ । यसैगरी ब्राजिलमा पाँच लाख ४२ हजार २१४, भारतमा चार लाख १४ हजार १०८ र बेलायतमा एक लाख २८ हजार ९८८ को मृत्यु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू