बुधबार, वैशाख १२, २०८१
15:05 | १९:५०

एनआरएनए ग्लोवल सम्मेलन अक्टोबर २३ देखि २५ सम्म, निर्वाचन अनलाइनबाट

नेपाली लिङ्क जुलाइ १८, २०२१

लन्डन । गैर आवासीय नेपाली संघको १० औं ग्लोवल सम्मेलन तथा १० औं साधारणसभा आगामी अक्टोबर २३ देखि २५ सम्म हुने भएको छ । गैरआवासीय नेपाली संघको १७ जुलाई शनिबार सम्पन्न ७८ औं अन्तर्राष्ट्रिय समन्वय परिषद् बैठकले सो निर्णय गरेको संघका प्रवक्ता डिबी क्षेत्रीले जानकारी दिए ।

सम्मेलनका लागि अध्यक्ष कुमार पन्तको संयोजकत्वमा आयोजक समिति गठन गरिनेछ । बैठकले अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका पदाधिकारीहरुको निर्वाचन अनलाइन प्रणालीबाट गर्ने निर्णय गरेको छ । यसका साथै निर्वाचनमा भाग लिने प्रतिनिधिको शुल्क समेत शुन्य कायम गरिएको छ ।

निर्वाचनका लागि उम्मेदवार मनोनयन शुल्क सन् २०१९ को निर्वाचनमा तोकिए बमोजिम नै कायम गर्ने निर्णय भएको संघले जनाएको छ ।

बैठकमार्फत गैरआवासीय नेपाली संघको निर्वाचन सम्बन्धि नियमावली, एनआरएनए फाउण्डेशन, आर्थिक नियमावली लगायत विभिन्न १९ नियमावली संशोधन गरिएको छ । बैठकले आर्थिक वर्ष २०७८–२०७९ को बजेट समेत पारित गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू