सोमबार, मंसिर २०, २०७८
07:45 | १३:३०

युरोपमा बाढीमा परी मर्नेको संख्या १५३

रासस-एएफपी जुलाइ १७, २०२१

जर्मनीका सैनिकहरु उद्दारमा संलग्न हुंदै । तस्बिर एपी

बर्लिन २ साउन– अत्यधिक वर्षाका कारण आएको भीषण बाढीमा परी जर्मनीमा १३३ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । त्यसैसँगै यस प्रकोपबाट युरोपमा जम्मा १५३ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

धेरै क्षति जर्मनीमा भएको छ भने बेल्जियममा कम्तीमा २० जनाको मृत्यु हुनका साथै हराइरहेका मानिसहरूको संख्या बढी रहेको बताइएको छ ।

जर्मनीको वेस्ट फेलिया प्रान्तका नर्थ राइने बाढीको सबैभन्दा बढी प्रभाव परेको बताइएको छ । यस प्रकोपबाट यहाँ ९० व्यक्तिको मृत्यु भएको छ । यस क्षेत्रमा यसअघि नै ४३ व्यक्तिको मृत्यु भएको राज्यका अधिकारीहरुले जानकारी दिएका थिए ।

नर्थ राइन वेष्ट फेलियाका प्रमुख आर्मिन लशेटले अति प्रभावित क्षेत्रमा पुगेका बेला मौसमको पराकाष्ठाको निम्ति जलवायु परिवर्तनलाई दोष दिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू