बिहीबार, चैत १५, २०८०
13:18 | १९:०३

माल्दिभ्समा ५० प्रतिशतले लगाए कोरोनाविरुद्ध खोप   

रासस-सिन्ह्वा जुलाइ १६, २०२१

माले । माल्दिभ्समा कोरोनाभाइरस विरुद्धको खोप लगाउन मिल्ने मध्ये ५० प्रतिशतले खोप लगाएका छन् । सरकारी स्वास्थ्य सेवा केन्द्रका प्रवक्ता डा फथिमाथ नाज्ला राफेकले खोप लगाउन योग्य देशको कूल जनसङ्ख्याको आधाले खोप लगाएको जानकारी दिए ।

माल्दिभ्समा १८ वर्षभन्दा बढी उमेरका मानिसलाई खोप लगाउन मिल्ने मापदण्ड तय गरिएको अधिकारीहरुले बताएका छन् ।

माल्दिभ्समा गत फेब्रुअरी १ देखि नै खोप अभियान शुरू गरिएको हो । अभियानअन्तर्गत माल्दिभ्सका नागरिक, बासिन्दा, कागजपत्र नभएका कामदार लगायतलाई खोप लगाउने गरिएको छ ।

माल्दिभ्सको खाद्य तथा औषधि कार्यालयले कोभिसिल्ड, सिनोफार्म, फाइजर, स्पुतनीक भी, मोडर्ना र जोन्सन एण्ड जोन्सन खोप लगाउन अनुमति दिएको छ ।

स्वास्थ्य प्रवर्धन निकायले दिएको जानकारीअनुसार माल्दिभ्समा अहिलेसम्म तीन लाख २० हजार ५९ जनालाई कोरोनाभाइरस विरुद्धको पहिलो खोप लगाइएको छ । त्यसैगरी दुई लाख ५१ हजार २३२ जनालाई दुवै खोप लगाइ सकिएको पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

विश्व बैंकले सन् २०१९ मा सार्वजनिक गरेको विवरणअनुसार माल्दिभ्सको कूल जनसङ्ख्या पाँच लाख ३० हजार ९५३ छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू