सोमबार, मंसिर २०, २०७८
09:28 | १५:१३

युगान्डामा कोरोनाबाट एक नेपालीको मृत्यु

नेपाली लिङ्क जुलाइ १३, २०२१

युगान्डा । कोरोना संक्रमणका कारण अफ्रिकी मुलुक युगान्डाको कम्पलामा एक नेपालीको मृत्यु भएको छ ।

नेपाल तनहुँ घर भएका ४७ वर्षीय हिराबहादुर खड्गीको उपचारकै क्रममा मृत्यु भएको हो ।

कोरोना संक्रमणका कारण उनी एक महिना अघिदेखि स्थानीय युएमसी भिक्टोरिया अस्पतालमा उपचारार्थ भर्ना भएका थिए ।

उनी  कम्पालास्थित एक ट्राभल्स कम्पनीमा सेक्युरिटी गार्डको रुपमा काम गर्दै आएका थिए ।

अफ्रिकामा कोरोनाका कारण मृत्यु हुने खड्गी छैटौं नेपाली हुन् । उनको अन्त्येष्टि कहिले गरिने भन्ने टुंगो चांडै लगाइने बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू