शुक्रबार, चैत १६, २०८०
19:03 | ००:४८

ब्राजिलमा थप ५९५ संक्रमितको मृत्यु   

रासस-सिन्ह्वा जुलाइ १२, २०२१

तस्बिर एएफपी

साओ पाओलो–कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित भएका देशहरुको अग्रस्थानमा रहेको ब्राजिलमा २४ घन्टामा कोभिड १९ बाट कम्तीमा पनि ५९५ जनाको मृत्यु भएको छ ।

यहाँको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको छ । प्राप्त समाचारअनुसार ब्राजिलमा आइतबार त्यसको २४ घन्टा अघिदेखि गरेर ५९५ जनाको ज्यान गएको हो । यहाँ संक्रमणबाट ज्यान गुमाउने नागरिकको संख्या ५ लाख ३३ हजार ५८८ जना पुगेको छ ।

त्यसैगरी, कोभिडबाट संक्रमित हुनेको संख्या पनि गएको २४ घन्टामा करिब २१ हजार जना रहेको छ । यो समेत गरी ब्राजिलमा कोभिडबाट संक्रमित हुने नागरिकको संख्या १ करोड ९० लाख भन्दा बढी रहेको पनि ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

ब्राजिलमा दुई महिना अघि कोभिडका संक्रमितहरु घटेको भए पनि अहिले अर्थात् पछिल्ला केही महिनामा भने यो संख्या बढ्दै गएको देखिएको छ । यहाँको सरकारले कोरोना भाइरसका विरुद्धको खोपलाई प्राथमिकतामा राखेर नागरिकहरुलाई खोप दिने कामलाई देशव्यापी अभियानका रुपमा सञ्चालन गरेको छ । ब्राजिलको साओ पाओलो शहर यहाँ सबैभन्दा बढी संक्रमणमा परेको शहर हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू