बिहीबार, वैशाख १३, २०८१
06:08 | १०:५३

प्रवासका पत्रकारहरुको नयां संस्थामा नाम र अवधारणा विवाद

नेपाली लिङ्क जुलाइ १०, २०२१

लन्डन । शुक्रबार सार्वजनिक एउटा संगठन ‘गैरआवासीय नेपाली पत्रकार महासंघ’ को नाम र अवधारणामा विवाद सृजना भएको छ ।

विदेशका पत्रकार तथा संघसंस्थालाई समेटेर सहकार्य गर्दै व्यवसायिक तथा जिम्मेवार पत्रकारिताको विकासमा सघाउने उद्देश्यले गठन गरिएको गैरआवासीय नेपाली पत्रकार महासंघबारे युरोपका पत्रकार राजकुमार थापाले विज्ञप्तिमा भ्रमपूर्ण समाचार भन्दै आफ्नो गम्भीर ध्यानार्कषण भएको जनाएका छन् ।

थापाले आफू गैरआवासीय नेपाली पत्रकार महासंघको संस्थापक, अभियानकर्ता तथा पहलकर्ता भएको दावी गरेका छन् ।

‘बिगत साढे दुई वर्ष (५ फेब्रुअरी २०१९) देखि मेरो सकृयता र पहलमा चलाइएको विश्वव्यापी अभियान र गठनका लागि विभिन्न चरण पार गरिसकेको गैरआवासीय नेपाली पत्रकार महासंघको नाममा स्वघोषित बरिष्ठ पत्रकार पगरी गुथ्ने केही व्यक्तिहरुको नाममा संस्था गठन भएको भनि सञ्चारमाध्यममा आएको समाचार पूर्णरुपमा काल्पनिक र झूटो रहेको प्रष्ट पार्न चाहन्छु’, थापाले भने ।

संस्थाको नेतृत्वमा भगीरथ योगीको नाम आउनु झन् दुर्भाग्यपूर्ण भएको बताउंदै विज्ञप्तिमा थापाको आक्रोश छ, ‘अर्काले चलाएको अभियान, गरेको मेहनत, बनाएको अवधारणा र राखेको नाम चोरेर कुनै संस्था गठन गर्ने प्रयास भए त्यो बौद्धिक चोरी, दीवालियापन र नैतिकहीन कार्य हो । कसैलाई यस्तै संस्था गठन गर्न रहर लागेको भए कमसेकम आफैं नाम जुराउने र अवधारणा बनाउने हिम्मत हुनुपर्दथ्यो । अर्काको परिश्रममा कुदृष्टि लगाउन हुँदैनथ्यो ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू