शुक्रबार, चैत १६, २०८०
05:10 | १०:५५

कोरोना खोप उपलब्ध गराउन जी २० देशहरुलाई आग्रह

रासस/सिन्ह्वा जुलाइ १०, २०२१

तस्बिर सिन्हवा

संयुक्त राष्ट्रसंघ २६ असार– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्वका आर्थिक शक्ति सम्पन्न देशहरुको समूह जी २० (ग्रुप २०) का देशहरुलाई कोभिड विरुद्धको खोपमा सहयोग गर्न आग्रह गरेका छन् ।

विश्वका आर्थिक शक्ति सम्पन्न विश्वका २० देशको संगठन, जी २० लाई सम्बोधन गर्दै महासचिव गुटरेसले सो कुरा बताएका हुन् । उनले हाल विश्वका विकासशील देशहरुले कोभिडको खोप पाउन नसकेको र यसरी खोप पाउने र पाउन नसकेका देशहरुका बीचमा एउटा ठूलो अन्तर देखिएकोले ती देशलाई खोप सहयोग गर्न आग्रह गरे ।

साथै राष्ट्रसंघीय महासचिव गुटरेसले विश्वका विकासशील देशहरु कोभिड १९ का कारण आर्थिक समस्यामा परेका भन्दै ती देशलाई ऋण अर्थात् आर्थिक सहायता दिएर सहयोग गर्न पनि आग्रह गरेका छन् ।

जी २० का सदस्य देशहरुका अर्थमन्त्री र ती देशका केन्द्रीय बैंकका गभर्नरहरुको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन् ।

उनले अहिले भइरहेको खोप उत्पादनको कामलाई कम्तीमा पनि दोब्बर बनाउने कामलाई गति दिन पनि ती देशहरुलाई आग्रह गरेको बताइएको छ । अहिले विश्वमा कोरोनाको खोप प्राप्त गरेका र खोप नपाएका देशहरुका बीचमा अन्तर फराकिलो बन्दै गएको भन्दै महासचिव गुटरेसले यस्तो अन्तरलाई हटाउने कामका लागि पनि ती देशका अर्थमन्त्रीहरुलाई अपिल गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू