शुक्रबार, चैत १६, २०८०
07:10 | १२:५५

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या वृद्धि

रासस-एएनआई जुलाइ १०, २०२१

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमण तथा ज्यान गुमाउनेको दैनिक संख्यामा फेरि वृद्धि भएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका कारण एक हजार २०६ जनाको मृत्यु भएको जनाएको छ । 

भारतमा यसअघि एक दिनमा ९११ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको विवरण शुक्रबार बिहान सार्वजनिक गरिएको थियो । 

योसँगै भारतमा कोरोनाका कारण अहिलेसम्म चार लाख सात हजार १४५ जनाको मृत्यु भएको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ४२ हजार ७६६ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । 

भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरूको कुल संख्या चार लाख ५५ हजार ३३ पुगेको छ । यो संख्या कुल संक्रमितमध्येको १.४८ प्रतिशत रहेको छ । 

संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भइसकेकाहरूको संख्या भारतमा अहिलेसम्म कुल दुई करोड ९९ लाख ३३ हजार ५३८ पुगेको छ । 

भारतमा पछिल्लो एक दिनमा ४५ हजार २५४ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । 

संक्रमणमुक्त भएकाहरुको संख्याभन्दा थपिएका संक्रमितहरुको संख्या थोरै भएकाले अहिले संक्रमित अवस्थामै रहेकाहरूको संख्या पनि घट्दै गइरहेको छ । 

भारतमा अहिले संक्रमणमुक्त भएकाहरूको संख्या ९७.२० प्रतिशत छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू