बुधबार, मंसिर २२, २०७८
05:48 | ११:३३

अफगानी सुरक्षा कारबाहीमा १ सय ९ लडाकु मारिए

रासस- सिन्ह्वा जुलाइ १०, २०२१

कान्दहर । अफगानिस्तानमा शुक्रबार भएका घटनामा परी कम्तीमा १०९ तालिवान लडाकु मारिएका छन् ।

देशको दक्षिणी कान्दहार र हेल्मन्ड  प्रान्तमा भएको घटनामा परी अरु २५ जना घाइते समेत भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । 

मृत्यु भएका मध्ये ७० जनाको कान्दहर प्रान्तमा मृत्यु भएको हो । सो घटनामा अरु आठ जना घाइते भएका थिए । 

शुक्रबार बिहान लडाकूहरुले सुरक्षा कार्यालयमा आक्रमण गरेपछि घटना भएको र जवाफी कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ । 

त्यसैगरी हेल्मन्ड प्रान्तमा भएको घटनामा ३९ लडाकूको मृत्यु भएको छ भने अरु १७ जना घाइते भएका छन् ।  

अफगानिस्तानमा लामो समयदेखि हिंसात्मक द्वन्द्व भइरहेको छ । लगातारका ठूला ठूला हिंसात्मक घटनाहरुका कारण अहिलेसम्म हजारौको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । त्यसैगरी लाखौँ अफगानी विस्थापित भएका छन् । 

लामो समयदेखि चलिरहेको हिंसात्मक द्वन्द्व अन्त्यका लागि वार्ता भइरहेपनि अन्त्य हुन भने सकेको छैन ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू