शनिबार, वैशाख १५, २०८१
01:54 | ०६:३९

कोरोना संक्रमणले ज्यान गुमाउने ४० लाख बढी

रासस-सिन्ह्वा जुलाइ ९, २०२१

लन्डन ।  कोरोना शुरु भएयता हालसम्म विश्वभर यस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघेको छ   

जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख १० हजार ६५२ जना संक्रमितको मृत्यु भएको छ । 

विश्वभरी कूल संक्रमितको संख्या १८ करोड ५५ लाख ६४ हजार ६ जना पुगेको छ  । विश्वभर तीन अर्ब ३५ करोड ५९ लाख ८७ हजार ११३ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । 

कोरोनाबाट सबैभन्दा धेरै ज्यान गुमाउने  मुलुकहरुको सूचीमा अमेरिका, भारत, ब्राजिल, फ्रान्स, रशिया, टर्की, बेलायत, अर्जेन्टिना, कोलम्बिया, स्पेन, इटालीसहितका देश अग्रस्थानमा छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू