शुक्रबार, वैशाख ७, २०८१
05:37 | १०:२२

विश्वभर कोरोना संक्रमणबाट ४० लाख बढीको मृत्यु

रासस-सिन्ह्वा जुलाइ ८, २०२१

बेइजिङ– कोरोना शुरु भएयता यस सङ्क्रमणबाट हालसम्म विश्वभर ज्यान गुमाउनेको संख्या ४० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभर ४० लाख ९२९ जनाको मृत्यु भएको छ ।

विश्वभरी कूल सङ्क्रमितको संख्या १८ करोड ५० लाख २९ हजार ९६० छ । विश्वभर तीन अर्ब ३२ करोड ५५ लाख ६७ हजार १३२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

सो विश्वविद्यालयले जुलाई ८ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार छ-

1. संयुक्त राज्य अमेरिका- सङ्क्रमित संख्या- तीन करोड ३७ लाख ७० हजार ४४४ /  कूल मृत्यु- छ लाख ६ हजार २१८

2. भारत- सङ्क्रमित संख्या- तीन करोड ६ लाख ६३ हजार ६६५ / कूल मृत्यु-चार लाख ४ हजार २११

3. ब्राजिल-  सङ्क्रमित संख्या-एक करोड ८९ लाख ९ हजार ३७/ कूल मृत्यु- पाँच लाख २८ हजार ५४०

4. फ्रान्स-सङ्क्रमित संख्या-  ५८ लाख ५६ हजार ६८२/ कूल मृत्यु- एक लाख ११ हजार ४४८

5. रुस-सङ्क्रमित संख्या-  ५६ लाख १४ हजार ५४०/ कूल मृत्यु- एक लाख ३७ हजार ७१८

6. टर्की-सङ्क्रमित संख्या -५४ लाख ५९ हजार ९२३/ कूल मृत्यु- ५० हजार ४८

7. बेलायत-सङ्क्रमित संख्या -५० लाख ७ हजार ९६४ / कूल मृत्यु-एक लाख २८ हजार ५६५

8. अर्जेन्टिना-सङ्क्रमित संख्या -४५ लाख ९३ हजार ७६३/ कूल मृत्यु- ९७ हजार ४३९

9. कोलोम्बिया-सङ्क्रमित संख्या -४४ लाख २६ हजार ८११/ कूल मृत्यु- एक लाख १० हजार ५७८

10. इटाली-सङ्क्रमित संख्या -४२ लाख ६५ हजार ७१४/ कूल मृत्यु- एक लाख २७ हजार ७१८

11. स्पेन-सङ्क्रमित संख्या -३८ लाख ९७ हजार ९९६/ कूल मृत्यु- ८० हजार ९६९

12. जर्मनी -सङ्क्रमित संख्या -३७ लाख ४० हजार ५६७/ कूल मृत्यु- ९१ हजार १४८

13. इरान-सङ्क्रमित संख्या -३३ लाख ४ हजार १३५/ कूल मृत्यु- ८५ हजार २६१

14. पोल्याण्ड-सङ्क्रमित संख्या -२८ लाख ८० हजार ५०३/ कूल मृत्यु- ७५ हजार ११४

15. मेक्सिको-सङ्क्रमित संख्या -२५ लाख ५८ हजार ३६९/ कूल मृत्यु- दुई लाख ३४ हजार १९२

16. इन्डोनेसिया-सङ्क्रमित संख्या -२३ लाख ७९ हजार ३९७/ कूल मृत्यु- ६२ हजार ९०८

17. युक्रेन-सङ्क्रमित संख्या -२३ लाख ७ हजार ६८ / कूल मृत्यु-५४ हजार ८६०

18. दक्षिण अफ्रिका-सङ्क्रमित संख्या -२१ लाख १२ हजार ३३६/ कूल मृत्यु- ६३ हजार ३९

19. पेरु-सङ्क्रमित संख्या -२० लाख ७१ हजार ६३७/ कूल मृत्यु- एक लाख ९३ हजार ७४३

20. नेदरल्याण्ड-सङ्क्रमित संख्या – १७ लाख २४ हजार २६२/ कूल मृत्यु- १८ हजार ४४

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू