बुधबार, वैशाख १२, २०८१
04:18 | ०९:०३

हाइटीका राष्ट्रपति जोभेनेलको गोली हानी हत्या 

रासस-सिन्ह्वा जुलाइ ७, २०२१

मेक्सिको सिटी– हाइटीका राष्ट्रपति जोभेनेल मोइजलाई उनकै निजी निवासमा गोली हानी हत्या गरिएको छ ।

हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउड जोसेफले बुधबार जारी विज्ञप्तिमार्फत् राष्ट्रपति मोइजको हत्याको पुष्टि गरेका छन् । घट्नामा उनकी श्रीमति (फस्ट लेडी) घाइते भएकी छन् ।

मोइजले सन् २०१८ मा हुने व्यवस्थापिकाको चुनाव ढिलाइ भएपछि राष्ट्रपतिको विशेषाधिकार प्रयोग गर्दै विभिन्न निर्देशनमार्फत् सबैभन्दा गरीब अफ्रिकी मुलुक हाइटीमा शासन गर्दै आएका थिए । उनको कार्यकाल सकिनै लाग्दा विवादहरू चुलिँदै गएका थिए र यसमा उनलाई पनि दोषी मानिँदै आएको थियो ।

अप्रिलमा हुनुपर्ने गरी तोकिएको हाइटीको संवैधानिक जनमत संग्रह कोभिड–१९ महामारीका कारण स्थगित भएको छ । राष्ट्रिय निर्वाचन आयोगले जनमत संग्रहलाई सेप्टेम्बर २६ मा गर्ने घोषणा यसै वर्षको जुन २६ मा गरेको थियो ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ट्वीट गर्दै उक्त घट्नाप्रति दुख व्यक्त गरेका छन् । उता व्ह्वाइट हाउसले पनि यस घट्नालाई गम्भीर अपराध भनेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू