बिहीबार, वैशाख १३, २०८१
20:08 | ००:५३

नाइजेरियामा अपहरित २२ विद्यार्थी मुक्त  

रासस-सिन्ह्वा जुलाइ ६, २०२१

फाइल फोटो

लागोस–नाइजेरियाको एक विद्यालयबाट अपहरणमा परेका २७ जना बालबालिकालाई सकुशल अपहरणमुक्त गरिएको छ । नाइजेरियाको उत्तरपश्चिमी प्रान्त कादुनाबाट अपहरणमा परेका ती बालबालिकालाई प्रहरीले अपहरणमुक्त गरेको बताएको छ । उनीहरुलाई सकुशल अपहरण मुक्त गराइएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार नाइजेरियाको दामिसी नगरको एक विद्यालयबाट अपहरणमा परेका उनीहरुलाई मुक्त गरिएको हो । सो विद्यालयबाट उनीहरुलाई सोमबार अज्ञात व्यक्तिहरुले अपहरण गरेका थिए । साथै त्यहाँबाट अरु पनि कैयौँ विद्यार्थी अपहरणमा परेका थिए ।

उनीहरुलाई अपहरण गर्ने योजनाका साथ ती अज्ञात व्यक्तिहरु हतियारसहित पुगेका थिए । उनीहरुले सो विद्यालयका सुरक्षा गार्डलाई गोली प्रहार गरि विद्यालय भित्र छिरेर अपहरण गरेका थिए ।

छात्रावासमा रहेका विद्यार्थीलाई अपहरण गरिएको प्रहरीले जनाएको छ । बाँकी विद्यार्थीलाई पनि अपहरणमुक्त गराउन प्रहरीले प्रयास गरिरहेको जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू