शनिबार, वैशाख १५, २०८१
19:37 | ००:२२

रूसी विमान दुर्घटना, २९ यात्रुको अवस्था अज्ञात

रासस-एएनआई जुलाइ ६, २०२१

फाइल तस्बिर

मस्को– मंगलबार बिहान २९ यात्रु लिएर रूसको सुदुर पूर्वी क्षेत्रबाट उडेको रूसी विमान दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

विमानमा छ चालक दलका सदस्यसहित २९ जना यात्रु रहेको रूसी समाचार संस्था स्पुटिनकले जानकारी गराएको छ । प्रारम्भिक जानकारी अनुसार विमानमा एक बच्चा, छ चालकदलका सदस्य र २२ जना यात्रु थिए ।

रूसको पेट्रोपाभलोस्क–कामचास्कीबाट पालानाका लागि उडेको विमान कामचात्का क्षेत्रबाट मंगलबार अपरान्ह रार्डरसँग सम्पर्क बिच्छेद् भएको रूसी आपतकालीन सेवा मन्त्रालयको प्रमुख महानिर्देशनालयले जानकारी गराएको छ ।

विमानबारे थप जानकारी संकलन भइरहेको रूसी प्रशासनले बताएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू