शनिबार, वैशाख ८, २०८१
01:45 | ०६:३०

खोप वितरणमा समानता बनाउन बान कि मुनको आग्रह

रासस–एएफपी जुलाइ ५, २०२१

बेइजिङ । संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान कि मुनले कोरोना भाइरसविरुद्धको खोप वितरणमा समानता हुनुपर्ने बताएका छन् । उनले यो महामारीले विश्वलाई नै उत्तिकै असर गरिरहेकाले सबै देशहरुले खोपको उपलब्धतामा समान व्यवहार अपनाउनुपर्नेमा जोड दिएका छन् ।

उनले अहिले यो खोपको उत्पादन र वितरणका क्षेत्रमा काम गरिहेका देशहरुले अहिलेको प्रयासलाई थप दोब्बर बनाउनुपर्नेमा जोड दिएका हुन् । एक भिडियो कन्फ्रेन्समा बोल्दै उनले भने– ‘यो अवस्थामा विश्वलाई नै कोरोना भाइरसको महामारीबाट बचाउनुपर्छ र त्यसका लागि विश्वका सबै देशका नागरिकमा खोपको उपलब्धता हुनु जरुरी छ ।’

उनले अहिले जलवायु परिवर्तनको चपेटामा पनि मानिसहरु परिररहेका प्रसंग उल्लेख गर्दै जलवायु परिवर्तनले मानिसहरुको विस्तारै अर्थात नजानिँदो रुपले ज्यान लिइरहेको तर कोरोना भाइरसले चाँडो चाँडो ज्यान लिएको बताए ।

यी दुवै समस्याविरुद्ध विश्व एक भएर लड्नुपर्नेमा पनि उनले जोड दिएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू