शनिबार, वैशाख २९, २०८१
04:31 | ०९:१६

फिलिपिन्समा सैनिक विमान दुर्घटनाग्रस्त, २९ को मृत्यु

रासस–एएफपी जुलाइ ४, २०२१

कोटाबाटो, फिलिपिन्स, २० असार– फिलिपिन्सको एउटा सैनिक विमान हवाई मैदानमा अवतरण गर्नेक्रममा दुर्घटनाग्रस्त हुँदा कम्तीमा २९ जनाको मृत्यु भएको छ ।

सैनिकहरु चढेको उक्त विमानमा सवारमध्ये करिब ५० जना घाइते भएका छन् ।

सी–१३० हर्कुलस विमानमा ९२ जना सवार थिए । सुलु प्रान्तको जोलो द्वीपस्थित विमानस्थलमा अवतरण गर्नेक्रममा नजिकैको आवासीय क्षेत्रमा आइतबार मध्यान्ह विमान दुर्घटनाग्रस्त भएको रक्षा सचिव डेल्फिन लोरेन्जानाले बताए ।

सचिव लोरेन्जोले घाइतेहरुको उद्धार गरिएको जानकारी दिए ।

स्थानीय सञ्चार माध्यमले खिचेका तस्वीरमा दुर्घटनाग्रस्त विमानमा भुँइमा बजारिएसँगै आगलागी भएको देखिएको छ । विमान दुर्घटनाग्रस्त भएको नजिकै घरहरु माथि बाक्लो कालो धुँवा देखिएको छ ।

सशस्त्र सैन्य बलका प्रमुख जनरल सिरिलिटो सोबजानाले कागायान डी ओरोबाट दक्षिणी मिन्डानाओ द्वीपतर्फ सैनिकहरु लिएर गइरहेको विमान दुर्घटनामा परेको बताए । उनले जोलोमा विमान अवतरण गर्न लाग्दा नजिकैको आवासीय क्षेत्रमा खसेको पनि बताए ।

उद्धार गरिएका घाइतेको नजिकै सैनिक अस्पतालमा उपचार भइरहेको पनि उनले बताए । फिलिपिन्सका हवाई सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल मेनार्ड मारिआनोले दुर्घटनाको कारणबारे चाँडै अनुसन्धान शुरु हुने जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू