शुक्रबार, वैशाख १४, २०८१
10:57 | १५:४२

जापानमा पहिरोमा बेपत्ता भएकाहरुको खोजी जारी

रासस/एएफपी जुलाइ ४, २०२१

खोजी तथा उद्धार गरिंदै । तस्बिर एएफपी

अतामी, जापान, २० असार– जापानमा पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ । पहिरो गएको पहाडी क्षेत्रमा आइतबार पनि खोजी कार्य जारी रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

पहिरोमा परी कम्तीमा दुई जनाको मृत्यु भएको पुष्टि भएको छ भने अरु १० जनालाई घटनास्थलबाट उद्धार गरिएको छ ।
जापानको मध्य क्षेत्रमा पर्ने अतामीमा भएको घटनामा परी अरु २० जना अझै पनि हराइरहेको अधिकारीहरुले जनाएका छन् ।

स्थानीय सरकारी अधिकारीहरुले खोजी कार्य जारी रहेपनि बेपत्ता भएकाहरु जीवितै भेटिने सम्भावना कम रहेको बताएका छन् ।
अत्यधिक वर्षासँगै शनिबार बिहान भिषण पहिरो गएको थियो ।

घटनाप्रति प्रधानमन्त्री योशिहिडे सुगाले दुःख व्यक्त गरेका छन् । उनले खोजी तथा उद्धार र राहतका कार्यका लागि कुनै कसर बाँकी नराख्न समेत निर्देशन दिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू