शुक्रबार, वैशाख ७, २०८१
08:07 | १२:५२

फिलिपिन्समा भएको हेलिकप्टर दुर्घटनामा ६ को मृत्यु 

रासस–सिन्ह्वा जुन २४, २०२१

मनिला, १० असार–फिलिपिन्स वायुसेवा (पिएएफ) को एउटा सैनिक हेलिकप्टर बुधबार राति दुर्घटनाग्रस्त भएको छ ।

सेनाका अनुसार उत्तरी मनिलामा भएको यस दुर्घटनामा एस–७० आई ब्लाक हक कलसाइनको हेलिकप्टरमा सवार सबै छ जनाको मृत्यु भएको छ ।

वायुसेनाले जारी गरेको विज्ञप्तिमा हेलिकप्टरमा सवार सबैको मृत्यु भएको जनाइएको छ । तार्लाक प्रान्तको कापास शहरस्थित हवाई अखडाबाट तालिमका लागि राति १० बजेतिर उडेको केही क्षणभित्रै उक्त हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो ।

रक्षा सचिव डेल्फिन लोरेन्जानाले अर्को विज्ञप्ति जारी गरी दुर्घटनामा तीन पाइलट र अरु तीन जना सैनिकको ज्यान गएको बताएका छन् ।
सेनाले हेलिकप्टर सम्पर्कविहीन भएसँगै खोजी र उद्धार शुरु गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू