बिहीबार, वैशाख १३, २०८१
16:14 | २०:५९

भारतमा दैनिक संक्रमित संख्या ५० हजारमा झर्यो, कुल संक्रमित तीन करोड

रासस-पिटिआई जुन २३, २०२१

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमित संख्या घट्दै गएर अहिले ५० हजारमा झरेको छ ।  

त्यसैगरी कुल संक्रमितको संख्या भने तीन करोडभन्दा बढी पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । 

कुल संक्रमितमध्ये एक करोड पछिल्लो ५० दिनमा थपिएको सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार भारतमा कोरोनाभाइरसबाट कुल संक्रमित संख्या तीन करोड २८ हजार २०९ पुगेको छ । 

पछिल्लो २५ घण्टामा भने ५० हजार ८४८ जना संक्रमित थपिएको मन्त्रालयका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । सोही अवधिमा भारतमा कोरोनाका कारण एक हजार ३५८ जना जनाको मृत्यु भएको छ । 

योसँगै भारतमा अहिलेसम्म कुल संक्रमित संख्या भने तीन लाख ९० हजार ६६० पुगेको छ । महामारी अन्त्य नभएको र मृत्यु हुनेक्रम नरोकिएकाले कुल मृतकको संख्या केही दिनमा चार लाख पुग्ने देखिएको छ । 

भारतमा पछिल्ला केही दिनदेखि दैनिक संक्रमित र मृतकको संख्या घट्दै गइरहेको छ ।  

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा भारतमा ५४ लाख २४ हजारभन्दा बढीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । 

भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्या छ लाख ४३ हजार १९४  छ । सक्रिय संक्रमित संख्या पनि अहिले कम हुदै गएको हो ।   

त्यसैगरी पछिल्लो एक दिनमा भारतमा १९ लाख एक हजार ५६ जनाको कोरोना परीक्षण गरिएको छ ।

योसँगै भारतमा अहिलेसम्म कुल ३९ करोड ५९ लाख ७३ हजार १९८ पटक परीक्षण भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू