शुक्रबार, वैशाख १४, २०८१
21:07 | ०१:५२

श्रीलंकामा आन्तरिक यात्रा प्रतिवन्धको समयावधि फेरि थप

रासस/सिन्ह्वा जुन १२, २०२१

कोलम्बो, २९ जेठ–श्रीलङ्कामा देशभरी लागू गरिएको यात्रा प्रतिवन्धको व्यवस्था अझै केही समय थप गरिएको छ । सरकारी अधिकारीहरुले आगामी जुन २१ सम्म देशभरी आन्तरिक यात्रा गर्न प्रतिवन्ध लगाएको जानकारी दिएका छन् ।

यसअघि लागू हुँदै आएको प्रतिबन्धात्मक व्यवस्थालाई निरन्तरता दिने विषयमा शुक्रबार निर्णय भएको उनीहरूले बताएका छन् ।

कोरोनाभाइरसको महामारी अझै पनि नियन्त्रणमा आइनसकेकाले यात्रामा प्रतिवन्ध लगाउनु पर्ने भएको अधिकारीहरुले जनाएका छन् ।

सरोकारवाला तथा विज्ञहरुसँगको बैठक र सुझावका आधारमा यात्रा प्रतिवन्धको अवधि लम्व्याउने निष्कर्षमा पुगेको श्रीलङ्काका सेना प्रमुख शाभेन्द्र सिल्भाले जानकारी दिए ।

राष्ट्रपति र प्रधानमन्त्रीद्वयले पनि यात्रा प्रतिवन्ध लम्ब्याउने कुरामा स्वीकृति दिएको कोरोनाभाइरस महामारी नियन्त्रण तथा व्यवस्थापन केन्द्रका प्रमुखसमेत रहेका प्रधान सेनापति सिल्भाले बताए ।

यसअघि लागू गरिएको यात्रा प्रतिवन्धसम्वन्धी व्यवस्था यही जुन १४ तारिखमा सकिने भएकाले १५ तारिखदेखि लागू हुनेगरी प्रतिबन्धको नयाँ व्यवस्था गरिएको हो ।

श्रीलंकामा कोरोनाभाइरस महामारीका कारण अहिलेसम्म दुई लाख १८ हजारभन्दा बढी संक्रमित भएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू