• होम
  • बेलायत
  • नेपाल
  • कला /साहित्य
  • खेल
  • विचार
  • मल्टिमिडिया
  • English
  • डायस्पोरा
  • संवाद
  • प्रोफाइल
  • English
  • हाम्रो बारेमा
शुक्रबार, १९ डिसेम्बर, २०२५
18:18 | ००:०३

भारतमा कोरोनाबाट तीन लाख बढीको मृत्यु

२४ घण्टामा ४ हजार ४५४ को मृत्यु

रासस-सिन्ह्वा मे २४, २०२१

नयाँदिल्ली–भारतमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख नाघेको छ । संक्रमणबाट मृत्यु हुनेको दैनिक संख्यामा कमी आउन सकेको छैन ।

भारतमा विगत २४ घण्टामा थप चार हजार ४५४ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।
भारतमा बढी घातक मानिएको कोभिड–१९ को दोस्रो लहर शुरु भएयता दैनिक चार हजारको हाराहारीमा संक्रमितको मृत्यु भइरहेको छ । कोभिड–१९ को दोस्रो लहर निकै घातक रहेको र बिरामीलाई तत्कालै अक्सिजन दिनुपर्ने देखिएको छ ।
विज्ञहरुको भनाईमा भारत सरकारले सार्वजनिक गरेको विवरण भन्दा बढी संख्यामा कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । यद्यपी यसको प्रष्ट विवरण प्राप्त भइसकेको छैन ।
भारतमा पछिल्ला केही दिनदेखि कोभिड–१९ बाट संक्रमितको संख्या भने घटेको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा दुइ लाख २२ हजार ३१५ जना नयाँ संक्रमित देखिएका छन् भने कोरोना शुरु भएयता हालसम्म दुइ करोड ३७ लाख २८ हजार ११ जना संक्रमणमुक्त पनि भएका छन् ।
भारतमा अझै पनि २७ लाख २० हजार ७१६ जनामा सक्रिय संक्रमण छ । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु गरेको थियो । सो समयबाट हालसम्म करिब १९ करोड १८ लाख ५९ हजार १६४ डोज खोप लगाइएको छ ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू

हिंसा भड्काउने धर्मगुरुलाई ३५ वर्ष जेल सजाय

३ दिन अगाडि

युक्रेन–रूस द्वन्द्व अन्त्य नजिक पुगेको ट्रम्पको भनाइ

३ दिन अगाडि

‘सहायता कटौती हुंदा शरणार्थीको पीडामा तस्कर र राजनीतिज्ञले खेले’

डिसेम्बर १५, २०२५

हाम्रो सिफारिस

बेलायत आप्रवासीप्रति थप कठोर, वर्क परमिट लिन २२ जुलाईबाट झन् कडाइ

जुलाइ ७, २०२५

लन्डनमा स्वर्णिम: ठूला दलले समाप्त पार्न खोज्दा रास्वपा झन् बलियो बन्दैछ (भिडियो)

अप्रिल २८, २०२५

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)

मार्च १५, २०२५
ताजा अपडेट्स
  • एनआरएनएद्वारा प्रहरीवृत्त दरबारमार्गलाई १० थान ब्यारिकेड हस्तान्तरण
  • रवि लामिछानेलाई रिहाइ प्रक्रियाका लागि रुपन्देही लगिदै, आजै छुट्ने सम्भावना
  • वैदेशिक रोजगारीको नाममा ४९ लाख बढी ठगी गर्ने तीन जना पक्राउ
  • वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई उम्किन नदिन विशेष संयन्त्र
  • बेक्सली नेपाली समाज यूकेको एक वर्षे ध्यान, जुम्बा तथा फिटनेस कक्षा शुभारम्भ हुंदै
ट्रेन्डिङ
  • १
    बेलायती रक्षा मन्त्रालयमा गोर्खा वार्ता-पेन्सनविनाकै समाधानमा बेलायतको अडान
  • २
    पाठेघर क्यान्सर उन्मूलन सहयोगार्थ बेलायतका चिकित्सकहरुले गरे दौड
  • ३
    यूकेका घरधनीलाई २०२६ देखि लागू हुने कानुनी परिवर्तनहरुबारे सजग रहन विज्ञहरुको सुझाव
  • ४
    बेलायतको नयाँ आप्रवासन नीतिः सोलिसिटरको बुझाइमा सहज छैन भविष्य
  • ५
    बेलायतबाट नेपाल लगेर सुधार केन्द्रमा राखिएका युवाको मृत्यु ‘शंकास्पद’ भन्दै जाहेरी

Nepali Link Ltd
49 Swanley Road DA16 1LL
Ph: (44)7411654388
Email: [email protected]

नेभिगेसन

  • होम
  • बेलायत
  • नेपाल
  • कला/साहित्य
  • खेल
  • विचार
  • डायस्पोरा
  • प्रोफाइल
  • संवाद
  • मल्टिमिडिया
  • हाम्रो बारेमा
  • नीति र शर्तहरू

फलो गर्नुहोस्

© 2025 nepalilink.com, All rights reserved.