मंगलबार, चैत ६, २०८०
06:30 | १२:१५

अमेरिकामा गोली प्रहारबाट नेपालीको मृत्‍यु

नेपाली लिङ्क मे ९, २०२१

न्यूयोर्क । अमेरिकाको मेरिल्याण्डमा भएको गोली काण्डमा गोली चलाउने व्यक्ति सहित ४ जनाको मृत्यु भएको छ ।

मृतकमा एकजना नेपाली समेत रहेको मेरिल्याण्ड राज्य संसदमा प्रतिनिधित्व गर्ने सांसद ह्यारी भण्डारीले जानकारी दिए ।  

घटनामा वाउन्टीमोर काउन्टीमा रहेको वुडल्यानमा बस्दै आएका नेपालीको निधन भएको भण्डारीले जनाए । गोली काण्डसंगै घरमा आगजनी समेत भएको जनाइएको छ । आक्रमणकारीको भने प्रहरीको गोलीबाट निधन भएको हो ।

मृतक नेपाली हालसालै साउथ क्यारोलाइनाबाट बाल्टिमोर आएको बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका बानाका अध्यक्ष सुबोध विलास पन्तलाई उद्दृत गर्दै भण्डारीले जनाएका छन् ।

मृतक नेपाली संखुवासभाका रहेको जनाइएको छ । घटनामा एक नेपालीको घर पूर्णरुपमा ध्वस्त भएको छ भने त्यहाँ कम्तिमा दुई घर पूरै र दुई घर आंशिक रुपमा जलेको बताइएको छ ।

घटनामा सर्लाहीका अर्का एकजना नेपाली समेत घाइते भएको जनाइएको छ । बन्दुकधारीले अन्य नेपालीहरुलाई पनि लखेटेको र भागेर ज्यान बचाएको बताइएको छ 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू