आइतबार, असार १, २०८२
09:06 | १३:५१

अमेरिकाको रोकपछि कैयौं भारतीयमुलका अमेरिकी छुटिन बाध्य

रासस/पिटिआई मे ५, २०२१

वासिङ्टन डिसी । तस्बिर सिन्हवा

वासिङ्टन, २२ बैशाख– भारतीय अमेरिकी कैयौँ नागरिक अहिले छुटिन वाध्य भएका छन् । भारतबाट अमेरिका आउन अमेरिकी सरकारले रोक लगाएकाले भारतीय अमेरिकी कैयौँ नागरिक छुट्टाछुट्टै बस्न बाध्य भएका हुन् ।

भारतमा कोरोनाभाइरसको महामारी नराम्रोसँग फैलिएकाले अमेरिकालगायत धेरै देशले भारतबाट आफ्नो देशमा आउन प्रतिवन्ध लगाएको छ ।

यात्रा प्रतिवन्धका कारण भारत र अमेरिकामा रहेका भारतीय अमेरिकी नागरिक छुटिएर बस्न बाध्य भएका हुन् । विभिन्न कारणले यताउता गरी बसेको ती नागरिक अहिले एकैठाउँमा बस्न नपाएको देखेसो व्यक्त गरेका छन् ।

विषेश गरेर कमाउनका लागि घरपरिवार छोडेर बाहिर गएका नागरिक अहिले आफ्ना परिवारसँंगै बस्न नपाएका हुन् ।

भारतबाट अमेरिका आउन नपाइने आदेश राष्ट्रपति जो वाइडेनले गत अप्रिल ३० मा जारी गरेका थिए भने सो आदेश यही मे ४ देखि लागू भएको छ ।

यो प्रतिवन्धात्मक व्यवस्था कहिलेसम्म लागू हुन्छ भन्ने एकिन भएको छैन् । अनिश्चितकालका लागि लागू भएकाले पनि छुट्टिएकामा थप पीडा र अन्यौलता देखिएको पाइएको छ ।

अचानक अनिश्चितकालका लागि छुट्टिएर बस्नु परेकामध्ये कतिपयलाई अत्यावश्यक सामग्रीसमेतको समस्या हुनसक्ने चिन्ता धरैमा देखिएको अधिकारीले बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू