शुक्रबार, चैत १६, २०८०
07:59 | १३:४४

भारतमा संक्रमित दुई करोड बढी

रासस-सिन्ह्वा मे ४, २०२१

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या दुई करोडभन्दा माथि पुगेको छ । पछिल्लो २४ घण्टामा तीन लाख ५७ हजार भन्दा धेरै संक्रमित थपिएसँगै कुल संख्या दुई करोड नाघेको स्वास्थ्य मन्त्रालयले मंगलबार जनाएको छ ।

मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार २४ घण्टामा तीन लाख ५७ हजार २२९ जना संक्रमित थपिएका छन् । सो अवधिमा तीन हजार ४४९ कोभिड–१९ संक्रमितको  मृत्यु भएको छ । मङ्गलबार दिउसोसम्ममा सक्रिय संक्रमितको संख्या ३४ लाख ४७ हजार १३३ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा कुल संक्रमित संख्या  दुई करोड दुई लाख ८२ हजार ८३३ पुगेको छ भने अहिलेसम्म दुई लाख २२ हजार ४०८ व्यक्तिको सङ्क्रमणका कारण स्वास्थ्यमा आएको जटिलताका कारण मृत्यु भएको छ । 

भारतमा हालसम्म १५ करोड ७१ लाख ९८ हजार २०७ जनाले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन् । नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिँदा दोस्रो लहरको महामारीबाट भारतको स्वास्थ्य प्रणाली शिथिल बनेको छ ।

अस्पतालमा शै्यया तथा औषधि र अक्सिजनको अभाव हुँदा बचाउन सकिने संक्रमितहरुको पनि ज्यान गएको स्वास्थ्यकर्मीले बताएका छन् ।

१८ वर्षमाथिकालाई खोप लगाउन थालिएको भए पनि धेरै राज्यहरुले खोपको अभाव रहेको बताएका छन् । खोप उत्पादक सेरम इन्स्टिच्यूडका प्रमुखले यसअघि आज नै खोपको अभाव आउँदो जुलाईसम्मै कायम रहन सक्ने चेतावनी दिएका छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू