शुक्रबार, वैशाख १४, २०८१
16:29 | २१:१४

पत्रकार महासंघमा विपुल पोखरेलको पूरै प्यानल विजयी

नेपाली लिङ्क अप्रिल १०, २०२१

काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल विजयी बन्ने निश्चित भएको छ। 

चैत २५ गते सम्पन्न मतदानको मतगणना सकिएपनि केही जिल्लाको मत आउन बाँकी रहंदै पोखरेलको जीत पक्का  बनेको हो ।  सबै जिल्लाको मत आएपछि औपचारिक घोषणा भने साँझ गर्ने निर्वाचन समितिले जनाएको छ   

अध्यक्ष पदमा निकटतम प्रतिद्वन्द्वी निर्मला शर्माभन्दा २१ सय बढी मतअन्तरले अघि रहेपछि पोखरेल समर्थकले विजय उत्सव मनाउन थालेका छन् । 

पोखरेल प्यानलबाटै वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी र समावेसी उपाध्यक्षमा उदय जीएम विजयी  भएका छन् । 

रोशन पुरी महासचिव, गोविन्दप्रसाद चौलागाई खुला सचिव र सिर्जना अर्याल महिला सचिवमा भएका  छन् ।  त्यस्तै, आदिवासी जनजाती सचिवमा नारायण सुन्दर किलम्बु ,मधेसी सचिवमा दीपेन्द्र चौहान, दलित सचिवमा  हेमकर्ण विक र एशोसिएट सचिवमा  पवन आचार्य विजयी बनेका छन् । 

कोषाध्यक्षमा कलेन्द्र सेजुवाल र लेखा समिति संयोजकमा  लेखनाथ न्यौपाने विजयी भएका बनेका छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू