आइतबार, फागुन ४, २०८१
अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण


रासस-एएफपी
अप्रिल ४, २०२१
मुम्बई । हिन्दी सिनेमाका ख्यातिप्राप्त अभिनेता अक्षय कुमारलाई कारोना संक्रमण पुष्टि भएको छ । उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत् दिएका छन् ।
उनले स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर आफू अन्य व्यक्तिको सम्पर्कबाट अलग बसेको जानकारी पनि गराएका छन् ।
अभिनेता कूमारले आफू होम क्वारिन्टिनमा रहेको र आवश्यक औषधिहरु सेवन गरिरहेको र आफ्नो स्वास्थ्य सामान्य रहेको पनि बताएका छन् ।
कोभिड–१९ को सङ्क्रमणका कारण पछिल्लो केही हप्तादेखि यूरोपेली मुलुकका साथै केही एसियाली मुलुकहरू पनि बढी प्रभावित बनेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५