शुक्रबार, चैत १६, २०८०
15:20 | २१:०५

ओलीले गरे घनश्याम र सुरेन्द्रलाई पनि निलम्बन

नेपाली लिङ्क अप्रिल १, २०२१

काठमाडौं । नेकपा एमालेले नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि निलम्बन गरेको छ । 

पार्टी हित र विधान विपरीत काम गरेको भन्दै उनीहरुलाई निलम्बन गरिएको हो ।  

यसअघि मागिएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको आधारमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले उनीहरुलाई ६ महिनाका लागि निलम्बन गरेको बताइएको छ  

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई यसअघि नै निलम्बन गरिसकिएको छ ।  

एमालेले माधव कुमार नेपाल, भीम रावल , सुरेन्द्र पाण्डे र घनश्याम भुसालले पार्टी हित विपरित काम गरेको भन्दै स्पष्टीकरण सोधेको थियो ।

पछिल्लो समय पार्टीभित्र विवाद चुलिंदै जाँदा अध्यक्ष ओलीले नेताहरुलाई कारबाही गर्न शुरु गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू