बुधबार, वैशाख १२, २०८१
04:59 | ०९:४४

काँग्रेस नेता नवीन्द्रराज जोशीको निधन

नेपाली लिङ्क मार्च २६, २०२१

काठमाडौं । मस्तिष्कघात भइ नर्भिक अस्पतालमा उपचाररत कांग्रेस नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ ।

प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री समेत रहेका उनको नर्भिक अस्पतालमा उपचारका क्रममा शुक्रबार राति निधन भएको उपचारमा संलग्न चिकित्सक राजीव झाले पुष्टि गरेका छन् ।

फागुन १४ गते अस्पताल भर्ना भएका नेता जोशीको स्वास्थ्यमा केही दिनको उपचारपछि सुधार आएको थियो । तर अवस्था पुन: बिग्रिएपछि उनलाई भेन्टिलेटरको पूर्ण सपोर्टमा राखेर उपचार भइरहेको थियो ।

यसअघि विभिन्न मिडिया तथा सामाजिक सन्जालमा जोशीको निधन भएको खबर फैलिएपछि अस्पतालले जीवितै रहेको पुष्टि गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू