शुक्रबार, वैशाख १४, २०८१
12:02 | १६:४७

नेपालमा थप १४५ जनामा कोरोना संक्रमण पुष्टि

रासस मार्च २४, २०२१

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १४५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार ९६३ मा पीसीआर गर्दा १४५ जनामा कोरोना पुष्टि भएको हो ।

नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार ३८९ पुगेको छ । पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ९० रहेको छ । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७२ हजार १८७ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनाबाट निको हुनेको दर ९८.५ प्रतिशत छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू